८३ वर्षे ज्येष्ठ नागरिकको काँधमा ‘भीआईपी’ को सम्पत्ति छानबिन गर्ने जिम्मेवारी, को हुन् राजेन्द्र भण्डारी …
सरकारले २०६२-०६३ साल यताका सार्वजनिक पदधारीको सम्पत्ति छानवीन गर्न गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष को हुन् भनेर खोज्न न्याय क्षेत्रकै नयाँ पुस्तालाई पनि हम्मे परेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी धेरैको स्मरणमा नहुनु स्वाभाविक पनि हो,किनकी २०६४ सालमै अवकाश भएका उनी उमेरले ८३ वर्षका ज्येष्ठ नागरिक …