सांसद नेम्वाङको गुनासो- बजेट पर्छ, ठेक्का लाग्छ तर काम हुँदैन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही सडकमा भइरेहेको कामको विवरणबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन् ।

‘यस सम्मानित सदन जसलाई म सुशासनको मन्दिरको रुपमा लिन्छु । जहाँ जनताको समस्या उठाउने गरिन्छ । छिटोभन्दा छिटो समाधान पनि गर्न खोजिन्छ । तर, बिडम्बनाको विषय के छ भने, यो सुशासनको कमजोरीको कारण विकास निर्माणको कामले पूर्णता लिन नसक्दा जनताले कष्ट भोगिराख्नुपरेको छ,’ उनले भने ।

इलामको मेची राजमार्गअन्तर्गत पर्ने दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै सडक र पुल अलपत्र अवस्थामा रहेको भन्दै उनले त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।

‘म इलामकै सन्दर्भ जोडेर कुरा गर्न चाहन्छु । मेची राजमार्ग अन्तर्गत राजदुवालीको बाटो केचना कञ्चनजंगाको सडक दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै बाटा र पुलहरू अलपत्र अवस्थामा छन् । अझ बर्खायाममा त जनताको जीवन थप कष्टकर बन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।