गौरीफन्टा नाका सुनसान, राजस्व संकलनमा गिरावट
सधैँ व्यस्त रहने सुदूरपश्चिमको प्रमुख सीमा नाका हो– गौरीफन्टा । कैलालीको त्रिनगर र कञ्चपुरको डोकेबजारलाई मित्रराष्ट्र भारतसँग जोड्ने यो नाकाबाट दैनिक सयौैँ यात्रुवाहक र मालवाहक सवारी साधन गुड्ने गर्थे ।
भारतमा रोजगारी गर्न जाने, फर्किने हजारौँ नेपाली युवाले प्रयोग गर्ने नाका पनि यही हो । दैनिक उपभोग्यका वस्तु खरिदबिक्रि गर्न …