स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको भाउ घटेको देखाएको हो ।आज आइतबार कागतीको भाउ थोकमा प्रतिकिलो २२ रुपैयाँ घटेको छ ।हिजो शनिबार कागती किलोको १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १ सय ५८ रुपैयाँ कायम छ ।गत वर्ष साउन पहिलो साता भने कागती प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।