तिमी नै तिमी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेरो हरेक क्षणमा तिमी।

रक्तको प्रवाहमा तिमी,
नसा–नसामा तिमी।

बिहानीको पहिलो किरणमा तिमी,
दिनको व्यस्ततामा पनि तिमी,
झम्के साँझमा तिमी,
रातको सन्नाटामा पनि तिमी।

दुःखमा तिमी,
सुखमा तिमी।
हाँसोमा तिमी,
आँसुमा तिमी।

धड्कनमा तिमी,
मनमा तिमी,
मस्तिष्कमा तिमी।

साउनको झमझम वर्षामा तिमी,
हरेक सम्झनामा तिमी,
हरेक पलमा तिमी।

सायद,
मेरो लागि सबै तिमी नै हौ।

किनकि तिमी केवल सम्झनामा होइन,
मेरो साससँगै बगिरहेका हुन्छौ।

मेरो रोजाइमा तिमी,
मेरो बुझाइमा तिमी।

उकालीमा तिमी,
ओरालीमा तिमी।
घाममा तिमी,
छायामा तिमी।

दिनमा तिमी,
रातमा तिमी।
नयनमा तिमी,
परेलीमा तिमी।

मेरो खोजाइमा तिमी,
मेरो भोगाइमा तिमी।

अँधेरीमा तिमी,
उजेलीमा तिमी।
लहरामा तिमी,
पहरामा तिमी।

संघर्षमा तिमी,
उत्कर्षमा तिमी।

सिँढीमा तिमी,
पिँढीमा तिमी।

घुम्तीमा तिमी,
गल्छीमा तिमी।
गोरेटोमा तिमी,
घोडेटोमा तिमी।

मुस्कानमा तिमी,
थुस्कानमा तिमी।

मभित्रको ‘म’ मा पनि तिमी।

कहाली लाग्ने औँसीको रातमा तिमी,
यी खाली हातमा तिमी।

न कसैको साथ हुँदा पनि तिमी।

धड्कनमा तिमी,
अड्चनमा तिमी।

पाउजुको छमछममा तिमी।

पलमा तिमी,
बलमा तिमी।
खासमा तिमी,
बातमा तिमी।

र अन्त्यमा पनि
एउटै सत्य बाँकी रहन्छ—

तिमी नै तिमी।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।