मधेसमा रिक्त प्रदेश सभा सदस्य पदमा राप्रपाकी सरिता कुमारी ठाकुर सिफारिस


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।

यसअघि सांसद रहेकी कञ्चन बिच्छाले पार्टीको गम्भीर अनुशासन उल्लंघन गरेकाले पार्टीले सांसद फिर्ता बोलाई कारबाही गरेको र अदालतले उनको रिट समेत खारेज गरी सांसद पदबाट पदमुक्त भएकी थिइन्।

बिच्छा पदमुक्त भएपछि रिक्त स्थानमा सिफारिस गरी पठाउन निर्वाचन आयोगबाट पत्र प्राप्त भएकाले सोही क्लस्टरको समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको छ।

निर्वाचन आयोगले ठाकुरलाई बुधबार प्रमाणपत्र प्रदान गर्ने भएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।