नेपाली टोलीले कलिंग इन्स्टिच्युट पुगेर भेट्यो विद्यार्थीहरूलाई


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

भारतस्थित नेपाली राजदूतावासबाट खटिएको टोलीले ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा पुगेर नेपाली विद्यार्थीहरूसँग भेटघाट र कुराकानी गरेको छ।

सञ्जीव शर्मा दास र नवीनराज अधिकारीले मंगलबार दिउँसो कलिंग इन्स्टिच्युट पुगेर नेपाली विद्यार्थीहरूसँग कुराकानी गरेको त्यहाँ रहेका एक नेपाली विद्यार्थीले सेतोपाटीलाई जानकारी दिए।

नेपाली टोलीले विद्यार्थीहरूको चासो र चिन्तालाई सम्बोधन गर्नका लागि आवश्यक सहयोग गर्न किटका अधिकारीहरूसँग कुराकानी गर्ने आश्वासन दिएका छन्। नेपाली टोलीले किटका अधिकारीहरूसँग छलफल गर्ने तयारी गरेका छन्।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले कलिंग इन्स्टिच्युट घटनाबारे बुझ्नका लागि राजदूतावासबाट दुई जनालाई खटाइएको बताएकी थिइन्।

किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो। यस घटनामा एक जना छात्र पक्राउ परेका छन्।

साथै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट निकालिएको थियो।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।