युगाण्डामा हुने क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोलीको क्याम्प घोषणा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आगामी मार्चमा हुने नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा भएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाइएका हुन् ।

टोलीमा यू-१९ विश्‍वकप खेलेका तीन नयाँ खेलाडीहरू छन् जसमा सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् ।

१८ जना खेलाडीहरूमा कप्तान इन्दु बर्मा, रचना कुमारी चौधरी, राजमती ऐरी, अलिसा कुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममता कुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झना कुमारी खड्का, पुजा महतो, विन्दु रावल, मनिषा कुमारी उपाध्याय, शोभा रोकाय, सीमाना केसी छन् ।

रचना, राजमती, अलिसा र मनिषाले केही साताअघि काठमाडौंमै भएको महिला टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका लागि डेब्यू गरिसकेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।