पोखराको कालिज फार्ममा पसेको चितुवाको उद्धार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखराको एक कालिज फार्ममा पसेको चितुवाको उद्धार गरिएको छ । सोमबार पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुना गुँदेतालस्थित कुनो कालिज फार्ममा पसेको चितुवाको जिल्ला वन कार्यालयको सहयोगमा उद्धार गरिएको हो ।

जिल्ला वन कार्यालय कास्कीका प्रतिनिधि डा.किशोर आचार्यले कालिज फार्ममा पसेको चितुवालाई डाड गरेर नियन्त्रणमा लिएको बताए । डा. आचार्यले करिब ४० किलो तौलको उक्त चितुवालाई वन कार्यालयले जिम्मा लिएको र उपचार गरेर बासस्थानमा छोडिदिने बताए ।

उद्धार गर्ने क्रममा चितुवाले उद्धारकर्मीलाई चिथोरेर सामान्य चोट पुर्‍याएको थियो । जंगली जनावरको उद्धार गर्दा उद्धारकर्मीले नै सावधानी अपनाएर काम गर्नुपर्ने डा. आचार्यले बताए ।

‘आज यो गुँदेतालमा कालिज फार्ममा चितुवा पसेको रहेछ, ४० किलोको चितुवा । यसलाई हामीले उद्धार गरेका छौँ,’ उनले भने, ‘हामीले यसलाई जाइलेजि र क्याटमिनको सहयोगले डार्ट गरेर छोटो समय रेस्क्यु गर्‍यौँ र जिल्ला वन कार्यालयको गाडीमा राखेर प्याज व्यारेज स्टेशनमा लाँदैछौँ ।’

कालिज फार्म सञ्चालकाअनुसार जंगली जनावर तर्साउन राखिएको इलेक्टिक फेन्सिङ बिग्रिएका कारण चितुवा पसेको हो । आफूले कालिज फार्म सुरु गर्दा पनि एकसाथ तीनवटा फार्ममा चितुवा पसेको सञ्चालकको भनाइ छ ।

कालिज फार्म

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।