वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिराको निःशुल्क शल्यक्रिया


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । 

अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा निःशुल्क शल्यक्रिया गर्ने वीर अस्पतालका न्युरो सर्जरी विभाग वीर अस्पताल न्युरो सर्जरी विभागका असिस्टेन्ट प्रोफेशर तथा न्युरो सर्जन डा. शुसिल मोहन भट्टराईले जानकारी दिए । 

 

डा. भट्टराईका अनुसार वीर अस्पतालले वर्षेनि ८ सयदेखि १ हजार जना ब्रेन ट्युमरका बिरामीहरूको शल्यक्रिया गर्ने गरेको छ । ब्रेन ट्युमरका बिरामीलाई लामोसम्म पर्खाइमा नराखी ४८ घण्टाभित्रै शल्यक्रिया गर्ने उद्देश्यले अहिलेको उपलब्ध जनशक्ति तथा स्रोत साधनको अधिकतम प्रयोग गरी निःशुल्क शल्यक्रिया गरिनेछ उनले भने । हाल शल्यक्रियाका लागि बिरामीले २ साता कुर्नु पर्ने बाध्यता रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।