सल्यानका डाँडापाखामा ढकमक्क लाली गुराँस


वसन्त ऋतुमा राताम्य गुराँसले ढाकिएका डाँडाकाँडा, हरियाली जंगल र शान्त वातावरणले यहाँ आउने जो-कोहीलाई मोहित बनाउँछ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यानका डाँडापाखामा यतिबेला लाली गुराँस ढकमक्क फुलेको छ । वसन्त ऋतु नजिकिएसँगै जङ्गल राताम्य हुने गरी फुलेका गुराँसले प्रकृतिलाई झन् मनमोहक बनाएको छ ।

अहिले हरियाली वनभित्र रातो रङ फैलिएको छ । यसले सल्यानका पहाड प्रकृतिले आफैं सिँगारिदिएको जस्तो देखिन्छ ।

गुराँस केवल एउटा फूल मात्र होइन, नेपालीको भावना र पहिचानसँग जोडिएको प्रतीक पनि हो । नेपालको राष्ट्रिय फूल लाली गुराँसले प्रकृतिको सौन्दर्यसँगै राष्ट्रिय गौरव पनि बोकेको छ ।

सानैदेखि ‘नेपालको राष्ट्रिय फूल के हो ?’ भन्ने प्रश्नको उत्तर ‘लाली गुराँस’ भन्दै हुर्किएको पुस्ताका लागि यो फूल अझ आत्मीय लाग्छ ।

अहिले भने जलवायु परिवर्तनको प्रभावका कारण गुराँस पहिलेभन्दा केही चाँडै फुल्न थालेका छन । फुल्ने सिजन सुरु हुने बेला यतिबेला सल्यानका अधिकांश क्षेत्रमा ओइलिन थालिसकेको छ ।

वसन्त ऋतुमा राताम्य गुराँसले ढाकिएका डाँडाकाँडा, हरियाली जंगल र शान्त वातावरणले यहाँ आउने जो-कोहीलाई मोहित बनाउँछ ।

यसको उचित प्रचार–प्रसार र संरक्षण गर्न सकियो भने गुराँस सल्यानमा प्रकृति पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बन्न सक्छ ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।