मिति २०८२/४/ १८ गते का दिन बालुवाटारमा सम्माननीय प्रधानमन्त्री केपी वलि शर्मा ज्यूसंग राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सिङ्गो टिमले भेटघाट गरि महासंघको प्रदेश संघहरू, जिल्ला संघहरूको बास्तबिक समस्याहरू ३० लाख ज्येष्ठ नागरिक हरूलाई कानुनले दिएको सेवा सुविधा,छुट,हकहित,अधिकार हरूको कार्यान्वयन गर्ने सम्वन्धमा र ज्येष्ठ नागरिक बैकको स्थापना गर्ने समेतको पहल गर्न महासंघले अनुरोध गर्यो र सम्मानिय प्रधानमन्त्री ज्यू बाट सकरात्मक पहल गर्न आश्वासन प्राप्त भएको कुरा महासंघको उपाध्यक्ष शारदा चन्दले बताउनु भयो ।




