प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?


प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए ।

ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे ।

तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे ।

‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावरको मान्छे हुँ ?’

उनले थप प्रश्न गरे, ‘अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’

प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् ।

प्रधानमन्त्री ओलीले पनि अन्य प्रश्नहरूको जवाफ दिएनन् ।

‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन,’ उनले भने, ‘मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।