कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुदा , एकको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शनिबार राति ११ बजेतिर धनगढी उपमहानगरपालिका–१ सेतोपुलमा जोशीपुर गाउँपालिका–४ घर भएका २६ वर्षीय रुद्र चौधरी गम्भीर घाइते भएका थिए। चौधरीले चलाएको सुपप्र ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका चौधरीलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।