अधिवत्ता रचना मल्ल
ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको पाइन्छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावलीतथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा नरहेकाभने होइन । कुल जनसंख्याको ८ दशमलव १३ प्रतिशत ज्येष्ठ नागरिक छन् । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई मासिक रूपमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ तर त्यो पर्याप्तभने छैन । सरोकारवाला निकायबीच समन्वयकालागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति र सबै जिल्लातथा स्थानीयतहमा ज्येष्ठ नागरिक कल्याण समिति गठन भएका छन् । बेसहारा ज्येष्ठ नागरिकलाई आश्रयसहितको सेवाउपलब्ध गराउन पशुपति लगायतअन्यनगन्य स्थानमा सरकारी निकायका रूपमा वृद्धाश्रम सञ्चालन भएका छन् भने संस्थाहरूको साझेदारीमा विभिन्न स्थानमा केही वृद्धाश्रम सञ्चालन भएका छन् । रुकुमकै सन्दर्भमा मुसिकोट नगरपालिका वडा नं १ मठमा गोकर्ण गिरी बृद्धाश्रम रहेको छ ।
६० भन्दामाथिको जेष्ठ नागरिकको तथ्यांक तपसीलमा देखाइएको छ । जुन यी संख्याका जेष्ठ नागरिकहहरू मध्ये ६०।६८ उमेर समूह अझैपनि निरन्तर बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको देखिएको छ । तथापि विभिन्न उत्पादनमूलककार्य संलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक फरक रहेको छ । हाम्रो मुलुकमा नागरिकको अपेक्षितआयु हाल ६९ वर्ष रहेको पाइन्छ । मानिसको आयुलाई हावापानी, रहनसहन, गरिबी, उपलव्ध स्वास्थ्य सेवाआदिले असर पारेको हुन्छ ।
समयको फेरबदलको कारण देखाई आफूलाई जन्मदिई लालनपालनगर्ने आमाबाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्नसमेत नदिई घरैबाट निकालिएको अवस्था र राज्यलाई सो समस्याहलगर्न ठूलो चुनौतीभएको छ । सो सम्बन्धीको नेपाल सरकारको प्रयास पनिआर्थिक अभावको कारण उचित सफलीभूत हुननसकेको अवस्थामा जेष्ठ नागरिकको स्वास्थ्य, हेरचाह, कल्याण, संरक्षण र पुनस्थापना सम्बन्धीअध्ययन गरी सो समस्याउचित किसिमबाट हलगर्न राज्यलाई जानकारी गराउनु समयको मागहो भन्नु अत्युक्ति नहोला ।
हाम्रो देशमा जेष्ठ नागरिकलाई विभिन्न समस्याहरू भोग्न बाध्य बनाइएको छ । भनाइ नै छ, एउटी आमाले १० सन्तान सम्हाल्न सक्छिन् तर दश सन्तानले बाबु आमा राम्रोसँग सम्हाल्न सक्दैनन् । यसको मुख्यकारण व्यक्तिवादीहुनु (म र मेरा सन्तानप्रतिमात्र मेरो जिम्मेवारीको धारणाको विकास), सहरी (काममाव्यस्तताको कारण देखाई बाबु आमालाई वास्तानगर्नु) तथा ग्रामीण (बुढाबुढीलाई गरिएको खर्च अनुत्पादन, केहीबुहारीले सासु ससुरालाई प्रतिशोधको धारणा) परिवेश आदिकारणले गर्दा बाबुआमालाई वृद्धाश्रमको जिम्मालगाएको प्रशस्तै उदाहरण छन् ।
नेपालमामात्र हैन ,विदेशमापनि ‘ओल्ड एजहोम’मा कयौं वृद्धा भेटिन्छन् । तिनै ‘ओल्ड एजहोम’मा नेपाली जनशक्ति पैसाका लागिविदेशी आमाबाबुको स्याहार, सम्हार गर्न जानेको लर्को छ । तर पैसा नपाइने हुँदाआफ्ना पूर्वजको सेवागर्ने धेरैलाई इच्छा छैन, केहीअपवाद छाडेर । आमाबाबुले पैसा, धेरै सम्पत्ति कमाएर आफ्नै नाममा राखेका छन् भने त्यसको लोभमात्यो नहडपेसम्म देखावटी सेवा गरेका हुन्छन अनिअपहेलना सुरु हुन्छ, केहीअपवाद छाडेर । संस्कृतमा ‘मातृ देव भवःपितृ देव भवः’अर्थात् ‘आमाबाबुलाई देउतासरह सम्मान गर’ भनिएको छ । समयले परिवर्तन ल्याउने रहेछ, सोचाइमा परिवर्तन यी बूढाबूढीलाई सँगै राख्दानिकै घाटा पो भयो हँ?व्यावसायिक लक्षण हो ( आमाबाबुको हेरचाहपनिनाफा र नोक्सानमा तुलनागर्ने परिस्थिति सिर्जनाभएको छ । एक उदाहरण प्रस्तुतगर्न सान्दर्भिक होला ।
अंग्रेजीमा भनाइ छ ‘प्रयोग गर अनि फ्याँक’लाई नयाँ पुस्ताले व्यवहारमै देखाएका छन् । उदाहरणका लागिमध्यमवर्गीय परिवारकायुवा पुस्ता पढ्ने निहुँमाविदेश जान्छन् । त्यहाँउनीहरूको विवाह भएपछि सन्तान जन्मँदाको पहिलो चरणमा स्याहार सुसार गर्नेको जरुरत पर्छ, अनि नेपालवाट आमाबाबुलाई झिकाउँछन् । तीआमाबाबुहरू पनि छोरा वा छोरीले बोलाएभनेर फुकेको बेलुनजस्तो नाकपारेर जान्छन् । जब केटाकेटी ५।६ महिनाको हुन्छ, उनीहरूलाई डे केयर सेन्टरमा राखेपछि आमाबाबु उल्टै घाँडो हुन पुग्छन्, हेलाको मात्रा बढ्दै जान्छ । उनीहरू निन्याउरो मुखलगाउँदै आफ्नै घरमाफर्कन्छन् ।
यही कुरालाई मध्यनजर गरी नेपाल सरकारले चौंधौ योजनामा (आ.व. २०७३÷७४( २०७५(७६) हिंसा तथादुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई संरक्षण, उपचार र मनोविमर्श तथाकानुनी सहायता उपलब्ध गराइने, दुव्र्यवहार गर्नेलाई कानुनीदायरामाल्याउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्थागरिने, राज्यबाट प्रदानगरिने सार्वजनिक सेवा सुविधाको मापदण्ड निर्धारण गरी त्यस्तो सुविधा प्राथमिकताका साथ उपलब्ध गराउन निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने, गैरसरकारी संस्थाहरू एवम् समुदायसमेतको साझेदारीमा प्रत्येक प्रदेशमा स्वास्थ्य उपचार सुविधासहितको कम्तीमा एकएक वृद्धाश्रम सञ्चालनगरिने कार्यक्रम अघि सारेको छ ।
हाम्रो देशमा जेष्ठ नागरिकलाई विभिन्न समस्याहरू भोग्न बाध्य बनाइएको छ । भनाइ नै छ, एउटी आमाले १०सन्तान संहाल्न सक्छिन, १० सन्तानले बाबु आमा राम्रोसँग संहाल्न सक्दैनन् । सन्तानहरू व्यक्तिवादीबन्दै जानुको परिणाम हो यो
यसैगरी गैरसरकारी संस्थामार्फत ज्येष्ठ नागरिक समूहतथाक्लब गठन र दिवा सेवाकेन्द्र सञ्चालनगर्न प्रोत्साहनगरिने, हिंसापीडित, परित्यक्त, शारीरिक एवम् मानसिक रूपले अशक्त भएकाविशेष जोखिममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी विशेष राहत तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिने, वृद्धाश्रम तथादिवासेवा केन्द्रहरूको नियमन र अनुगमनलाई प्रभावकारी बनाइने, ज्येष्ठ नागरिकप्रति सम्मान अभिवृद्धि गर्न समुदाय स्तरसम्म सचेतनाकाकार्यक्रम सञ्चालनगरिने, पूर्वीय दर्शनअनुसार बाबुआमालगायत ज्येष्ठ सदस्यको हेरचार तथापालनपोषण गर्ने परिवारका सदस्यलाई साथै सङ्घसंस्थालाई सम्मानगरिने, मरणोपरान्त आफ्नो सम्पत्ति इच्छाअनुसार हस्तान्तरण गर्न पाउने इच्छापत्रको व्यवस्थागर्न कानुनी व्यवस्था गरिने आदि व्यवस्था गरिने कार्यनीति बनाएको पाइन्छ ।
निष्कर्षमा जेष्ठ नागरिकका लागि परिवार, समुदाय र राज्यले विशेष ध्यानदिन सक्नुपर्छ । घर परिवारका सदस्यले यथोचितमायाममता, प्रेम र समय दिनुपर्छ । स्वास्थ्य सेवामाविशेष सहुलियत, बेसहारा र अशक्त जेष्ठ नागरिकलाई विशेष भत्तावालालनपालनको व्यवस्था, जेष्ठजनको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्यउपचारजन्यविषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतनाकार्यक्रम सञ्चालन हुनुपर्छ । घरेलु एवं परम्परागत स्याहार र उपचार पद्दतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थामाकार्यरत चिकित्सकतथा स्वास्थ्यकर्मीलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मकप्रवन्धकालागि घर परिवार वरपरको भौतिकवातावरण, व्यवहार वृद्धमैत्रीतुल्याउने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामाकार्यरत जनशक्तिलाई परम्परागतएवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्दतिबारे प्रशिक्षितगर्ने व्यवस्था हुनुपर्छ । स्थानीयस्तरमाकार्यरत गैरसरकारी संस्थालाई जेष्ठ नागरिकको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाकाविषय समावेश गर्न प्रोत्साहितगर्ने, मानसिक स्वास्थ्य सबलताकालागिध्यान, सत्संग, सरकारले कानूनी संरक्षण, परिवारले कामएको केहीप्रतिशत आमाबाबुको नाममा अनिवार्य छुट्याई दिनुपर्ने सबल कानूनी व्यवस्था पनि तर्जुमागरिनुपर्छ ।
आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताकालागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासकाविधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमता अनुसारका कार्यमा क्रियाशील रहने बानीको विकास गराउने, महिला जेष्ठ नागरिक एवं एकल महिलाका लागि विशेष स्वास्थ्य सेवाएवं परामर्श सेवा संचालनगर्नेजस्ता कुरामाविशेष ध्यानदिनु आवश्यक देखिन्छ । साथै, सधैँ निरन्तर रूपमातन, मन, धनले जेष्ठ नागरिकको हेरचाहगर्नु नै राज्य र परिवारको दायित्व हो ।
पुष्पा थापा

तिम्रा अनुभव र सिप सिक्न प्रतिक्षामा छौ हामी
तिमी नै हौ हे ज्येष्ठ नागरिक हाम्रो ज्ञानको खानी
तिम्रो अधिकार र सम्मानको निम्ती आवाज उठाउने छौ हामी
तिमी नै त हो आफ्ना सन्तानको निम्ती संघर्ष गर्ने महादानी
सन्तानको कर्तव्य, भोक लागे भोजन दिनु, तिर्खा लागे पानी
ज्येष्ठ नागरिकलाई हेला गरे कतैबाट लाभ हुदैँन, केबल हुन्छ हानी
तिम्रा अनुभव र सिप सिक्न प्रतिक्षामा छौ हामी
तिमी नै हौ हे ज्येष्ठ नागरिक हाम्रो ज्ञानको खानी
संस्कृतमा एउटा भनाई छ, मातृदेवो भव,पितृदेवो भव, यर्थाथमा ज्येष्ठ नागरिक “जिउँदा देवता” हुन् । यसो भन्नुको कारण वर्तमानमा जे, जति उपलब्धी भएको छ, ति सबैका हकदार ज्येष्ठ नागरिक नै हुन ।
मनिसले बालक, किशोर, युवा र वृद्ध गरी चार कालको जिवन भोग्नुपर्छ । मानव जिवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यकाल हो भने चञ्चले र रमाउने अवस्था किशोरावस्था हो अनि जिम्मेवारीको पोको बोकेर अवसर र चुनौतीको सामना गर्दे दौडिने अवस्था हो युवावस्था, भने त्यहि युवावस्थाको रोजाई र भोगाईबाट खारिदैँ मानिस वृद्धावस्थामा पुग्दछ । जुनबेला शारिरीक अशक्तता, परनिर्भरता र आशामा बाच्नु पर्दछ, त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको शिकार बनेका कयौँ ज्येष्ठ नागरिकको अवस्था हामिले देखेका र सुनेका छौँ । बाल्यवस्था जस्तै वृद्धावस्थामा पनि माया, ममता, स्नेह र आधारभुत आवश्यकतामा परनिर्भर हुन्छ तर हाम्रो समाजमा यसको उल्टो ज्येष्ठ नागरिकहरु अपहेलित हुन पुगेका छन, अधिकांश ज्येष्ठ नागरिकको इच्छा र चाहानामा कसैको ध्यान पुग्न सकेको छैन ।
ज्येष्ठ नागरिक अनुभवले खारिदैँ र जिवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दे वृद्धावस्थामा पुगेको हुन्छन । जिवन र जगतका हरेक अप्ठयारा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नु पर्छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । युवाशक्तिले ज्येष्ठ नागरिकको अनुभव र सिपको उच्च मुल्याङ्कन गर्दे सम्मान गर्नुपर्दछ किनकी हामी माथी उनिहरुको ठुलो लगानी, त्याग र समर्पण छ ।
नेपालको संविधान २०७२ को धारा ४१ र्मा ज्येष्ठ नागरिक लाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ । ’ भनिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हकहितको सुनिश्चितताका लागी विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उदेश्यले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ तथा ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६४ पनि जारी गरिएको छ, तथापी संविधानले प्रदान गरेको मौलिक हकको सफल कार्यान्वयन गर्नका लागी ऐन सशोधन गर्न पनि सकिएको अवस्था छैन ।
सयुंक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १४ मा निर्णय गरे अनुरुप सन् १९९१ देखि अक्टोवर १ लाई अन्तराष्ट्यि जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो । नेपालले चाहि सन् १९९६ वा वि.स. २०५३ देखि जेष्ठ नागरिक दिवस मनाउन थालेको हो । यसैगरी जेष्ठ नागरिकको क्षेत्रमा थुप्रै दिवसहरु रहेका छन् । जस्तैः विश्व अल्जाइमर चेतना दिवस २१ सेप्टेम्बर, जेष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस १५ जुनमा मनाइन्छ । यसरी बर्षेनी दिवस मनाउँदा नेपालमा रहेका करिब ३३ लाख ज्येष्ठ नागरिकलाई समुचित ढङ्गले सम्बोधन गर्न भने सकिएको छैन । यसै सन्दर्भमा आज पनि हामी ३२ औँ अन्तराष्ट्यि जेष्ठ नागरिक दिवस मनाइरहेका छौ । यसर्थ हामीले जेष्ठ नागरिकका पक्षमा दिर्घकालिन सोच सहितको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गर्न ढिला गर्नु हुदैँन ।
आजका बालकबालिका भोलिका ज्येष्ठ नागरिक हुन भन्ने भुल्नु हुदैँन । ज्येष्ठ नागरिकको सम्मानमा हामिले हेला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अंगालोमा बाध्न सक्नुपर्छ ।
तर २१ औँ शताब्दीको वर्तमान समयसम्म आईपुग्दा विकसित मुलुकको प्रभाव र आर्कषण नेपाली समाजमा पनि बढ्दै गयो र गहिरो रुपमा जरा गाड्दै गयो । परिवारका अधिकांश सदस्यहरु बयस्क उमेरमा पुग्नासाथ आफ्ना बाबुआमा सँग अलग भई छुट्टै बस्न रुचाउन थाले अनि संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गएको छ । युवापिडीँ लाई आफ्नै ढगंले सानो परिवारमा बस्ने रुची जागृत भएको छ । यसले गर्दा बुढेसकालमा अरुको सहयोग चाहिने अवस्थामा पुगेका ज्येष्ठ नागरिकहरुको ठुलो संख्यामा क्रमश : बेसाहारा, अपहेलित र तिरस्कृत हुदैँ जाने स्थिती बढ्न थालेको छ, तसर्थ ज्येष्ठ नागरिकहरु प्रति हाम्रो दायित्वलाई यसरी हेर्न सकिन्छ ।
केहिबर्ष अघिसम्म हाम्रो समाजमा ज्येष्ठ नागरिकको स्थान महत्वपुर्ण थियो । ज्येष्ठ नागरिकहरुलाई संयुक्त परिवार र समाजमा मान सम्मान र आदर हुने गर्दथ्यो । उनिहरुले जिवनकालमा ज्ञान, सिप र अनुभव पछिल्लो पुस्ताको लागी मार्गदर्शन बन्दथ्यो । यसरी समाज स्वच्छ परम्परा, शुद्ध व्यवहार, हाम्रो सामाजिक सदभाव एवं् सौर्हाता, मर्यादित आचरण एव् अनुशासनको सिलसिला सन्तुलित जिवन पद्धतीको रुपमा सुन्दर ढंगबाट विकास हुदैँ आएको थियो ।
राज्यले ( संघ, प्रदेश, स्थानिय सरकार ) ज्येष्ठ नागरिकलाई प्रत्याभुति गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्नु र समाजमा ज्येष्ठ नागरिकहरु प्रति गरिने व्यवहार, राज्यले प्रदान गरेको सेवा सुविधाहरुमा घरपरिवारका अन्य सदस्यहरुको हस्तक्षेपलाई निराकरण गर्नका लागी सचेतनामुलक कार्यक्रम र स्थलगत अनुगमन हुनु नितान्त आवश्यक रहेको छ ।
घर परिवार, समाज, राष्ट्रमा ज्येष्ठ नागरिक मैत्री वातावरण बन्नु आजको आवश्यकता हो । यस्तो अवस्थामा सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुलाई शारिरीक , मानसिक र आर्थिक रुपमा सक्ष्म र सुदृढ गराई उनिहरुको दुख, पिडा र हिनताबोध कम गर्दे लैजानु र मनोरन्जनात्मक एव् सन्तुष्टि दिने खालका कार्यक्रमहरु सहज रुपमा स्थापित गर्दे लैजानु त्यतिकै आवश्यक छ ।
ज्येष्ठ नागरिकहरुको हकहित र सुरक्षाको लागी यस क्षेत्रमा कार्यरत सरोकारवाला निकाय बिच समन्वयात्मक वातावरणको विकास जरुरी रहेको छ ।
ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न बनेका ऐन, कानुन, नियमावली को कार्यान्वयन फितलो रहेको छ , यस्ता ऐन कानुन लाई समयानुसार परिमार्जन वा सशोधन गर्दे प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको छ ।
ज्येष्ठ नागरिकहरुले आयआर्जन गरेका ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता हस्तान्तरणको प्रबन्ध मिलाउनु पर्छ र समाजका युवाशक्तिले यस्तो ज्ञान, सिप, क्ष्मता को उच्च मुल्याङ्कन गर्दे अनुशरण गर्नु आवश्यक रहेको छ किनभने अनुभव ज्ञानको स्रोत मध्येको उत्कृष्ट स्रोत हो ।
ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ्य र आत्मनिर्भर बनाउन उनिहरुको शारिरीक , मानसिक तन्दुरुष्टी अनुकुल बालबालिका हेर्ने, खाना बनाउने, कृषि कर्ममा लगाउने, सामाजिक कार्यमा लगाउने तथा व्यापार व्यावसायमा लगाउन सक्रिय पहल गर्नुपर्दछ ।
अत : यस्ता प्रयासबाट समाजमा ज्येष्ठ नागरिक प्रतिको सम्मानको भावना जागृत भई उनिहरुको आत्मबल बढाउन सहयोग पुग्छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नो घरपरिवार बाट मात्रै सम्भव छ । घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारी बोधको खाँचो छ । ज्येष्ठ नागरिक ज्ञानका खानी अनि हाम्रो बुद्धिको स्रोत हुन भन्ने भावना घरघरमा गुञ्जायमान हुन आवश्यक छ, त्यसैले ज्येष्ठ नागरिकको जिवन सहज, सुरक्षित, सम्मानित र सुनिश्तिच बनाउन हामी प्रत्येक व्यक्तिको दायित्व रहन जान्छ । ज्येष्ठ नागरिक हाम्रा अमुल्य निधि र पथ प्रर्दशक हुन उनिहरुलाई घृणा होइन आदर गरौँ ।
धन्यवाद ।
लेखक : पुष्पा थापा चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शाखामा कार्यरत हुनुुहुन्छ ।
जयप्रकाश केरुङ

‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ ‘मातृदेवो भवः पितृदेवो भवः’ उपमाले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने पुरानो परिपाटीको ठाउँमा अहिले आएर सुड्डो, थाङ्ने बुढा, गनगने बुढी जस्ता शब्दले अपमानित हुन थालेका छन् । यी पङ्क्तिले बताउँछ ज्येष्ठ नागरिकमाथि कुनै न कुनै हिसाबले दुव्र्यहार हुनेक्रम जारी छ । यो बड्दो क्रममा पनि छ । विशेषतः ६० वर्षमाथिका उमेर समूहलाई ज्येष्ठ नागरिक मानिन्छ ।
वर्ग, लिङ्ग, वर्ण, जाति र शारीरिक अवस्थालाई मध्यनजर नगरी उमेर समूहको आधारमा ज्येष्ठ नागरिकको दर्जा दिने कानुनी व्यवस्था छ । ज्येष्ठ नागरिक जो दूरदराजमा बस्छ, उनीहरूको छुट्टै पीडा व्यथा छ । सुगम र शहरमा बस्नेको छुट्टै पीडा छ । धनी, गरिब, शिक्षित, अशिक्षित सपाङ्ग, अपाङ्ग प्रत्येक ज्येष्ठ नागरिकको कहानी बेग्लै छ । यसरी ज्येष्ठ नागरिकको विविधतालाई उमेर समूहको एउटै टोकरीमा हाल्दा ज्येष्ठ नागरिकका मुद्दा यथोचित रूपमा सम्बोधन हुन गाह्रो हुन्छ । ज्येष्ठ नागरिकको परिभाषा दिने क्रममा उमेर लाई आधार मानिए पनि परिवार, समाज र राष्ट्रलाई पु¥याएको योगदानको आधारमा ज्येष्ठ नागरिकका मुद्दा सम्बोधन गर्न सकेको खण्डमा ज्येष्ठ नागरिकले धेरै हदसम्म राहत पाउन सक्नेछन् । अहिलेका प्रत्येक वृद्घ–वृद्घाले आफ्नो पहिलो दायित्व परिवारबाट सुरु हुन्छ । आफ्ना सन्तानको पालन पोषण, शिक्षा दीक्षा, सामाजिक दायित्व पूरा गर्दै राष्ट्रका लागि समर्पित भएर योगदान गरेको हुन्छ । जब शारीरिक र मानसिक रूपमा अशक्त हुन्छ तब परिवार, समाज र राज्यले ज्येष्ठ नागरिकमाथि कुनै न कुनै प्रकारले सेवा सुविधा उपलब्ध गराउन सकेको खण्डमा राज्य लोककल्याणकारी हुने थियो । नेपालको संविधान २०७२ मौलिक हकअन्तर्गत भाग ३ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ । त्यही संविधानको मर्मअनुरूप महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनेको छ ।
विश्वमा रहेको ज्येष्ठ नागरिकको जनसङ्या हेर्ने हो भने संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या विभागको तथ्याड्ढ अनुसार विश्वको जनसङ्ख्याको १३.५ प्रतिशतभन्दा माथि ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या रहेको उल्लेख छ । विश्वमा रहेका ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो क्रममा छ । जस्तै; प्रतिसेकेन्ड २ जना ज्येष्ठ नागरिकले आफ्नो ६०औँ जन्म दिन मनाउँछन् । यस्तो परिस्थितिमा अबको ३१ वर्ष वा सन् २०५० पछि विश्वको कुल जनसङ्ख्याको २२ प्रतिशत जनसङ्ख्या ज्येष्ठ नागरिकहरूको हुनेछ । त्यो जनसङ्ख्या १५ वर्षमुनिको उमेर समूहभन्दा ६० वर्षको उमेर समूहको जनसङ्ख्या धेरै हुनेछ । नेपालको सन्दर्भमा जनगणना वि.सं. २०६८ अनुसार कुल जनसङ्ख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिकको जनसङ्ख्या रहेको छ । वि.सं. २०७८ सम्ममा नेपालको कुल जनसङ्ख्याको लगभग १२ प्रतिशतभन्दा बठी ज्येष्ठ नागरिक हुने प्रक्षेपण गरिएको छ । पछिल्लो समय नेपालीको औषत आयु बढेको छ भने बालमृत्यु दर घटेको छ । त्यस्तै पूर्वाधार विकासका कारणले गर्दा शिक्षा, स्वास्थ्यमा जनताको पहँुचमा पुगेको छ । त्यसैले अकाल मृत्यु र कुपोषणबाट नेपाली समाज बिस्तारै मुक्त हुँदै गइरहेको छ । विज्ञान र प्रविधिको तथा चेतनाका कारण जनसङ्ख्या वृद्घिदर घट्नु र औषत आयु बढ्नु जस्ता कारणले ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो क्रममा छ । त्यति मात्र होइन चेतनास्तर वृद्धिका कारणले एक वा दुईभन्दा बढी सन्तान जन्माउन छाडेका छन् । त्यस्तै; आधुनिक समाजको विकासले प्रत्येक नागरिकहरू कुनै न कुनै किसिमले व्यस्त हुनुपर्ने अवस्था आएको छ । त्यसैले बालबच्चा हेरचाह केन्द्र खोलिएका छन् । तर ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा केन्द्र पर्याप्त खोलिएका छैनन् । त्यसले गर्दा सहरी क्षेत्रका ज्येष्ठ नागरिकहरू पट्यार लाग्दो जीवन विताउन बाध्य छन् ।
आज विश्वमा सबैभन्दा बढी (उमेरसम्म) बाँचिरहेको व्यक्ति नेपालमा नै रहेको छ । तर प्रचारप्रसार र राज्यको भूमिका प्रभावकारी नभएकाले विश्वमा बढी समयसम्म बाँच्ने मानिसको सूचीमा नाम दर्ज गर्न सकिरहेका छैनौँ । नेपालकै नुवाकोट जिल्ला थानसिंह ८ का ११७ वर्षीय बाटुली लामिछाने जसको जन्म वि.सं. १९५८ चैत १० गते भएको देखिन्छ । तर अहिले सबैभन्दा बढी बाँच्नेमा ‘हालसम्म गिनिज बुक अफ रेकर्डमा’ जापानका काने तानाका जो अहिले ११६ वर्षका हुन भनी उल्लेख गरिएको छ । यसको जन्म १९०३ जनवरी २ मा भएको थियो । उसैलाई विश्वमा बढी बाँच्ने मानिस भनी उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै जादा राज्यको आर्थिक भार पनि बढ्ने देखिन्छ । साथै ज्येष्ठ नागरिकमाथि विभेद र हिंसाका घटना पनि बढ्दो क्रममा देखिन्छ ।
नेपालीको औषत आयु बढेसँगै पुराना ऐन कानुन समयोचित ढङ्गले संशोधन हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । निजामती सुरक्षा, निकाय बाट ५८ वर्षमै अवकास लिनुपर्ने बाध्यता छ । सक्रिय जीवन छँदाछँदै अनिवार्य अवकास र अन्य निजी कम्पनीसमेत उमेरकै कारण अयोग्य हुने अवस्था आएपछि सक्रिय जीवन स्वतः निस्क्रिय र शिथिल हुँदै जान्छ । अहिले नेपालको सन्दर्भमा प्राध्यापन पेसा र न्याय सेवामा मात्र ६५ वर्ष उमेर हद लागू भएको छ । अन्यमा ५८ वर्षमा अवकाश लिनुपर्ने बाध्यताले ज्येष्ठ नागरिक हुनु अगावै बेरोजगार बनाउँदै लगेको छ । तसर्थ सरकारी निकायमा उमेरको हद बढाउन आवश्यक देखिन्छ । यस्तै निजी क्षेत्रमा उमेरको कुनै हद नतोकी सक्रीयताका आधारमा सेवा गर्ने मौका दिनुपर्छ । त्यसो भयो भने ज्येष्ठ नागरिकका समस्या केही हदसम्म स्वतः केही समाधान हुनेछन् ।
वि.सं. २०५१ मा तत्कालीन मनमोहन अधिकारीको प्रधानमन्त्री कालमा वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रम आए । यसले धरै वृद्धवृद्धाले राहत पाए तर पछिल्ला कालखण्डमा त्यस विषयमा सरकारहगम्भीर हुन सकेनन् । केवल राजनीतिक नारा मात्र बनाउने काम भयो । राज्यको तर्फबाट गरिएका ज्येष्ठ नागरिक सम्बन्धी कानुनी व्यवस्था हेर्ने हो भने राम्रो भए पनि त्यसको कार्यान्वयन पक्ष ज्यादै फितलो छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७२ ले दलित नागरिकको हकमा ६० वर्ष उमेर पूरा गरेका र अन्यका हकमा ७० वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मासिक रु २ हजार पाउने व्यवस्था भए पनि समय सापेक्ष एकरूपता हुन सकेको छैन । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को धारा ९ उपधारा १, २, ३ र ४ मा यातायात र स्वास्थ्यमा ५० प्रतिशत छुट सुविधा दिने व्यवस्था गरे पनि हालसम्म कार्यान्वयन भएको छैन । उक्त विषयमा सर्वाेच्च अदालतले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र स्वास्थ्यमा ५० प्रतिशत छुट पाउने कानुनी व्यवस्था अनिवार्य रूपमा कार्यान्वयनका लागि सरकारको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले कानुनी व्यवस्थाअनुसार छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । तर अझै पनि ज्येष्ठ नागरिकले उक्त सुविधा उपभोग गर्न सकिरहेका छैनन् ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को धारा १२ को क, ख, ग अनुसार ६५ वर्षदखि ७० वर्ष उमेरकालाई २५ प्रतिशत कैदमा छुट मिनाहा, ७० वर्षदेखि ७५ वर्षकालाई ५० प्रतिशत कैदमा छुट मिनाहा र ७५ वर्षभन्दा माथिका वृद्ध, वृद्धालाई ७५ प्रतिशत कैद छुट मिनाहा दिन सकिने प्रावधान ऐनमा उल्लेख छ । तर उक्त प्रावधान कार्यान्वयन नहुँदै मनाङ जिल्लाका ७५ वर्षीय पेम्बा गुरुङको मृत्यु भएको छ । सोही रिटमा सर्वाेच्च अदालतले संवैधानिक प्रावधान तथा ज्येष्ठ नागरिकले पाउने कैद तथा सजाय छुटसम्बन्धी नियम तथा कार्यविधि तत्कालै बनाउन गृह मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश द्वय केदारप्रसाद चालिसे र सपना मल्ल प्रधानको सयुंक्त इजलासले संविधान र कानुनले सजायमा विशेष छुटको व्यवस्था गर्ने र सो छुटको माग गर्दा सजाय गर्ने अधिकारी, छुट निर्माणको कार्यविधि तत्कालै तय गर्न आदेश गरेको छ ।
कैयौँ समस्या र त्यसको भुक्तभोगी ज्येष्ठ नागरिकहरू समाजमा व्याप्त छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली, कार्यविधि बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनुले, ज्येष्ठ नागरिकले पाउने कानुनी सेवासुविधाबाट वञ्चित हुँदै गइरहेका छन् । यस्तो कानुनी प्रावधानलाई समय सापेक्ष संशोधन गर्न नसक्नाले ज्येष्ठ नागरिकको समस्या दिनानुदिन विकराल बन्दै गइरहेको छ । पछिल्लो समय ज्येष्ठ नागरिकका विषयमा सामाजिक सुरक्षा भत्ता बढाउने त्यसले ज्येष्ठ नागरिकका सम्पूर्ण समस्या समाधान हुने चर्चा परिचर्चा हुँदैछ । सामाजिक सुरक्षा भत्ता मासिक रु ३ हजार बनाउँदा त्यसको प्रत्यक्ष लाभ ज्येष्ठ नागरिकलाई पुगे पनि त्यसले राज्यको ठूलो व्ययभार बढाउने र उक्त रकम स्वयम् ज्येष्ठ नागरिकका परिवारबाट दुरूपयोग हुने कुरालाई नकार्न सकिन्न । त्यसैले राज्य लोककल्याणकारी राज्यका रूपमा पहिचान बनाउने हो भने ज्येष्ठ नागरिकमैत्री नीति नियम आउन आवश्यक छ । यो आ.व. मा वृद्धभत्ता प्रतिव्यक्ति रु ५ हजार पुर्याउने हो भने मासिक ५, ६ अर्ब व्ययभार बढ्न सक्छ । त्यसैले ६५ वर्षदेखि माथि ७० वर्षसम्म अनुभव, क्रियाशीलताका आधारमा अवसर सिर्जना गर्ने र समयसापेक्ष उमेरको क्याटागोरीको आधारमा वृद्ध भत्ता प्रदान गर्दा बढी व्यावहारिक हुन सक्छ । आ.व. ०७५।०७६ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क एक लाखसम्मको स्वास्थ्य बिमा उपलब्ध गराउने धोषणा गरे पनि कार्यान्वयनमा आएको छैन ।
ज्येष्ठ नागरिकसम्बन्धी समस्याको समाधान गर्न जसरी ज्येष्ठ नागरिकले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रप्रति समर्पण गरेको हुन्छ । त्यसरी नै परिवार, समाज र राष्ट्रले दायित्व बहन गर्नुपर्ने परिस्थितिको निर्माण गर्नुपर्ने देखिन्छ । परिवारको हकमा कुनै रोजगार पेसा व्यवसाय गर्ने छोराछोरीले आफ्नो आम्दानीको १० प्रतिशत बाबुआमाको निश्चित बैङ्किङ खातामा जम्मा गर्ने, त्यस्तै समाजले ज्येष्ठ नागरिकले ज्ञान, सीप दक्षतालाई ग्रहण गर्दै सम्मान गर्ने र राष्ट्रले ज्येष्ठ नागरिकका सम्पूर्ण सेवासुविधाको व्यवस्था गर्ने हो भने ज्येष्ठ नागरिक सम्मानपूर्वक बाँच्न पाउने छन् ।
राज्यलाई थप व्ययभार पनि बढ्ने छैन । ज्येष्ठ नागरिक समाजका गहना हुन् भन्ने मान्यतालाई आत्मसात गरेर सामथ्र्यमा आधारित रोजगार सिर्जना गर्ने, योगदानमा आधारित सेवासुविधा राज्यले उपलब्ध गराउने, सीप र दक्षतालाई मध्यनजर गरेर सोहीअनुसार अवसर निरन्तर कायम गर्ने परिपाटी बसाल्ने हो भने ज्येष्ठ नागरिकहरू वृद्घाश्रममा रोएर बाच्नुपर्ने अवस्था आउने छैन ।
ज्येष्ठ नागरिकका हक अधिकार स्थापना गर्न अन्तर्राष्ट्रिय रूपमा पहल भइरहेको छ । ज्येष्ठ नागरिक हक अधिकारका सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा हालै दसौँ समूहले संयुक्त राष्ट्रसङ्घलाई ज्येष्ठ नागरिकहरूको विषयमा महासन्धिको औचित्य छ कि छैन भनी बहस गरेर निष्कर्ष निकाल्न घचघच्याएको थियो । त्यस्तै ज्येष्ठ नागरिकको हकअधिकारसम्बन्धी महासन्धि गर्नपूर्व अन्य महासन्धिले ज्येष्ठ नागरिकका समस्यालाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरालाई थप प्रष्ट गर्दै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा उठाएर ज्येष्ठ नागरिकका विषयमा विश्वको ध्यान आकर्षण गर्नुपर्ने बेला आएको छ । हालसम्म ज्येष्ठ नागरिकका विषयमा कुनै पनि विश्वव्यापी घोषणापत्र वा महासन्धि भएको छैन । त्यसैले गर्दा राष्ट्रहरू ज्येष्ठ नागरिकका मुद्दामा बाध्यात्मक कानुनका रूपमा लागू गर्न सकिरहेको छैन ।
(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक कोषको सदस्य सचिव हुनुहुन्छ ।)