मातातीर्थ औँसीको अवसरमा भरतपुर–१९ ले १०० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा अध्यक्ष प्रकाश तामाङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सम्मानित भएका ज्येष्ठ नागरिकको चेहरामा खुसी देखिन्थ्यो ।
राष्ट्रिय सहकारी बैंककी सञ्चालक तारा गुरूङ, वडाकै सबैभन्दा ज्येष्ठ नागरिक हरिकला सापकोटा, ज्येष्ठ नागरिक समूहका अध्यक्ष डिल्लीराम सापकोटा, वडा सदस्य सीता विक, वडा सचिव पूर्णकुमारी गुरूङ, शारदानगर खानेपानीकी पूर्व अध्यक्ष सन्तमाया गुरूङ, नवबुद्ध टोल विकास संस्थाका अध्यक्ष डोलराज गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हरेक वर्ष वडाले ज्येष्ठ नागरिकहरुप्रति सम्मानस्वरुप विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।