काकरभिट्टामा जेष्ठ नागरिक सम्मानित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापाकाे जेष्ठ नागरिक वडा समिति मेचीनगर ६ ले माता तिर्थ ओेेँसीकाे अवसरमा जेष्ठ आमाहरूलाई सम्मान गरेकाे छ।                                       जेष्ठ नागरिक वडा नम्बर  ६ काे आयाेजनामा  भएकाे सम्मान कार्यक्रममा चैत ४ गते पर्ने माता तिर्थ ओँसीकाे दिन छाेरीहरूले आमाकाे मुख हेर्ने, कपडा  संगै खानपान गराउँने चलन छ।

समितिले  खासमा छाेरी नहुने आमाहरूलाई सम्मान गरेकाे वडा समितिका अध्यक्ष नारायण प्रसाद प्रसाइले बताए । आमाहरूलाई दाेसल्लाह र खादा ओडाएर सममान गरिएकाे थियाे।

वडा नम्बर  ६ का ११ इकाइबाट ११ जना ७० वर्ष भन्दा माथीका आमाहरूलाई सम्मान गरिएकाे हाे । सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व काेशी प्रदेशसभा सदस्य श्रीप्रसाद  मैनालीले आफ्ना जन्मदातालाई गर्ने सेवाभन्दा ठुलो  याेगदान अरू हुनै नसक्ने धारणा राख्नु भयाे । कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख  मिना पाेखरेल उप्रेतीले स्थानिय सरकार मानवीय सेवा र संरचनामा लगानी  गर्न कन्जुस्याइँ  गर्दैन तर  दीर्घकालिन  हुनुपर्ने बताउनु भयो ।

सम्मान कार्यक्रममा वडा नम्बर ६ वडा सदष्य धुर्व राई, रेडियाेकर्मी केन्द्रप्रसाद भट्टराई, जेेष्ठ नागरिक मेचीनगरका अध्यक्ष हिम्मत क्षेत्री, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति  पाैडेललगायतले शभकामना राखेका थिए। स्वागत उपाध्यक्ष शुन्दरी श्रेष्ठ, संचालन ससचिव डम्बरबहादुर  थापा मगरले गरेका थिए । समितिले सामाजिक र जेष्ठ नागरिक हकहितका लागि निरन्तर काम गर्दै आएकाे सचिव तुलसी प्रसाद निराैलाले जानकारी दिनुभयाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।