राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औं महाधिबेशन जेठ २७ र २८ गते उद्योग वाणिज्य संघ चितवनमा सम्पन्न भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको अधिवेशनमा ७७ जिल्लाबाट प्रतिनिधि र पर्यबेक्षक गरि करिब ३ सय जनाको सहभागीता रहेको थियो जसको लागि चितवनका १० वटा होटलहरु बुकिङ गरिएको थियो ।
नयाँ कार्यसमितीमा अध्यक्ष पदका लागि पहिल्यै बाट पहल गरियका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठलाई अघी सारीएको थियो र उहाकै नेतृत्वमा नया समिति चयन भएको छ l जसको प्रथम उपाध्यक्षमा सुदुर पस्चिमकि शारदा देवी चन्द रहनुभएको छ, यस्तै महासचिबमा मोहनलाल श्रेष्ठ, कोषाध्यक्षमा केदारनाथ तिमिल्सेना , र सदस्य हरुमा गोपाल प्रसाद ढकाल, गोबिन्द मणि भुर्तेल, लक्ष्मीदेवी श्रेष्ठ, रमेश कुमार दत्त, पंकज दाहाल र लेखा संयोजकमा देवी प्रसाद देवकोटा रहनुभएको छ ।
ज्येष्ठ नागरिक महासंघको प्रत्यक बर्ष बर्षमा अधिवेशन हुने गर्दछ । चितवनमा यस भन्दा अघी २०७१ सालमा अधिबेशन भएको थियो ।



