हात्तिको आक्रमण बाट वृद्धको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापाको हल्दिबारी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय भिमप्रसाद भट्टराई छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

बिहीबार अपराह्न १० बजेतिर उनलाई स्थानीय मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपराह्न ४ः४० बजेतिर उनको शव भेटिएको हो ।

 

 

 

झापाका एसपी मिलन केसीका अनुसार, घाँस काट्न गएका उनी हराएपछि स्थानीयले खोजतलास थालेका थियो । त्यसक्रममा अपराह्न हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव भेटिएको उनले बताए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।