घरायसी विवादमा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 बारामा एक युवकले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।कलैया उपमहानगरपालिका-१० मटिअर्वा गाउँका ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादमा २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन्।

उनकी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार बच्चालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।