घाँस काट्ने क्रममा अरिंगालले चिलेर एक वृद्धाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नुवाकोटको हिरामणीटारकी वृद्धाको अरिंगालले चिलेर मृत्यु भएको छ। सूर्यगढी गाउँपालिका-५ हिरामणीटारकी ७४ वर्षीया पिपकुमारी भट्टराईको घाँस काट्ने क्रममा अरिंगालले चिलेर मृत्यु भएको छिमेकी तथा आफन्त बताए। 

उनका अनुसार बडहरेस्थित खेतमा घाँस काट्ने क्रममा वृद्धा हजुरआमालाई एक्कासि ठूलो संख्यामा रहेको अरिंगालले चिलेका कारण उपचारका लागि काठमाडौंको विपी स्मृति अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका हुन्। 

वृद्धाले घाँस काटिरहेको नजिकै ठूलो सालको रुखमा अरिंगालको गोलासमेत फेला परेको सूर्यगढी-४ का वडासचिवले जानकारी दिए। वृद्धाको तादी खोला घाटमा अन्तिम संस्कार गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।