चिल्ड्रेन लाइफ इङ्ग्लिश बोर्डिङ स्कुल (कक्षा १–३) तहले बागलुङस्थित मानव सेवा आश्रमका वृद्धवृद्धा र असहाय आश्रितलाई दर खुवाएको छ ।
“सेवा नै धर्म हो” भन्ने मूल नारासहित चिल्ड्रेन लाईफको कक्षा १–३ तहले आश्रममा आश्रित ६६ जना बृद्धबृद्धा तथा असहायहरुलाई आईतबार दर खुवाएको संयोजक जानकारी दिनुभयो ।
संयोजकले हिन्दु नेपाली महिलाहरुको महानचार्ड तीजमा भड्किलो पार्टी वा भोज गर्नेभन्दा असहाय वृद्धवृद्धासँगै मनाउँदा हजार गुणा बढी सन्तोष मिलेको बताउनुभयो । उहाँले समय समयमा आश्रममा पुगेर सहयोग गर्न पाउँदा विशेष खुशी लागेको जानकारी दिनुभयो ।