भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् ।

डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन । यद्यपि उनी परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएको बताइएको छ ।

 

शौचालयका लागि बाहिर गएको समयमा उनलाई स्थानीय केही व्यक्तिले फकाएर नजिकैको बगैँचासम्म लगेको र एकान्तमा पुगिसकेपछि छुरा देखाएर डराइ–धम्क्याइ बलात्कार गरिएको प्रहरीलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

बालिकाले साँझ परिवारका सदस्यलाई घटनाबारे बताएकी थिइन् । आरोपितहरूसँग घटनाबारे बुझ्न खोज्दा उल्टै मारपिट गरिएको पीडित परिवारको आरोप छ ।

घटनाबारे जानकारी पाएपछि राति प्रहरीले पीडित परिवारलाई प्रहरी थानामै लगेर उजुरी दिन लगाएको थियो । सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।यी आरोपित सबै फरार रहेको र उनीहरूको खोजतलास भइरहेको बताइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।