भाडगाउँ गुल्मी रूपन्देही सम्पर्क समाज, तिलोत्तमा–३ ले २०८३ सालको भित्ते पात्रो (क्यालेन्डर) विमोचन, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर केसीले शिक्षा बिना समाज विकास हुन नसक्ने बताए ।उनले समजले गरेको कामहरू प्रशंसनीय रहेको समेत बताए ।
त्यस्तै, विशेष अतिथिका रूपमा रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले रूपन्देही र गुल्मी जोड्ने काम समाजले गरेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्राडा अनन्त पन्थीले आगामी दिनमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताए। उनले भाडगाउँवासीहरूको साझा चौतारीका रूपमा समाजले सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा समाजका आजीवन सदस्यहरूलाइ प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । समाजले ९ जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर र नगदसहित सम्मान गरेको थियो।
सो अवसरमा जनप्रतिनधि सावित्रा पन्थी समजका सचिव कृष्ण पन्थी लगायतले बोलेका थिए।
कार्यक्रममा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्दै उपस्थित सबैले एकअर्कालाई शुभेच्छा व्यक्त गरेका थिए। भाडगाउँ गुल्मी रूपन्देही सम्पर्क समाजले गुल्मीबाट रूपन्देहीमा बसोबास गर्नेहरूबीच सामाजिक एकता, सांस्कृतिक संरक्षण र सामुदायिक सेवालाई जोड दिँदै आएको छ।
undefined
