बाबाआमा हुन् बुझेँ ज्ञानराशि


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भर्दै उत्साह नौलो कृषि पशुधनमा गर्न लागौँ विचार।
हट्छन् सम्पूर्ण वैरी सकस भवनका जाग्छ हाम्रो हियार।।
पाइन्छन् दिव्य आभा मगज सुपथ होस् हेर आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१०१।।

डाँडाकाँडा ढकाऔँ कृषक खुद बने भोकको अन्त्य हुन्छ।
मिल्दै ऊर्जा उमारौँ असल सडकका प्राप्तिले व्योम छुन्छ ।।
भाग्छन् दुर्भाव मैला विचलन विधिका कर्म पोखौँ सुधारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।१०२।।

सम्झना:- मर्मस्पर्शी वृद्धका ज्ञानधारा ।
जानेँ मैले बुझ्नुपर्ने विचार।।
छोराछोरी ज्ञान यो टिप्न लागून् ।
बाँच्ने बाटा योग्य जानेर जागून् ।।१०३।।

बाबाआमा हुन् बुझेँ ज्ञानराशि।
सेवा गर्नू गेहमा नित्य राखी ।।
छोराछोरी प्रेमले नित्य पाले ।
शिक्षादीक्षा पूर्ण पारे उचाले ।।१०४।।

जम्मै आऊन् वृद्धका ज्ञान सार ।
जानूँ लाग्यो चेत माझ्ने विचार ।।
उम्दा छन् जे ती सबै सुन्न पाऊँ ।
अर्ती पक्री मार्ग उम्दा बनाऊँ ।।१०५।

०००

 दीनानाथ पोखरेल 
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।