१४ दिनदेखि बेपत्ता वृद्ध मृत फेला परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका ७० वर्षीय लालबहादुर कार्की मंगलबार बिहान मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार गत जेठ २८ गते घरबाट हिँडेका कार्की स्थानीय धनसार खोलामा बिहान ९ बजेतिर फेला परेका हुन् ।घर फर्किएर नआएपछि उनको खोजतलासका क्रममा शव सडगलेको अवस्थामा फेला पारिएको हो ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक मोहनकुमार बोहराले बताए ।