विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ । उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव अनेक पाइन्छन् । विश्वमै भएको वर्तमान कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षणगर्नबाट चुकेको प्रशस्त उदाहरण भेटिन्छ ।हिजोको दिनमा आफूले भोगचलनगर्दै आएको अधिकारजस्तै व्यक्तिगत स्वतन्त्रता,आत्मसम्मान,सम्पत्तिको अधिकारबाट विमुख, स्वास्थ्य सुविधा र मानवीय कार्यबाट समेत बञ्चित गरिन्छ । आत्मसम्मानमा आइपर्ने चुनौतीले गर्दा उनीहरू हेला र दुर्व्यवहारको सिकार बन्छन् ।
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान किमुनले भनेका छन्,‘ज्येष्ठ नागरिक माथिको दुव्र्यवहारजस्तो समाजलाई चिन्तित बनाउने अपराध प्रायः शान्त र निजी संरचनाभित्र घटित हुन्छ । यस विषयमा प्रभावकारीर सार्वजनिक प्रतिक्रिया दिनु आवश्यक छ ।यो समस्या अन्त्य गर्न हाम्रा संकल्प मजबुत बनाई, सबैका लागि सम्मानपूर्ण जीवनको सिर्जना गरौँ ।’
ज्येष्ठ नागरिकहरू आफ्नै घरमा, आफन्तको घरमा अथवा उनीहरूलाई स्याहार–सुसार गर्ने जिम्मा लिएका आश्रमस्थलमा समेत दुव्र्यवहारको सिकार हुँदै आएका छन् । हामीले चिनेजानेका ज्येष्ठ नागरिकलाई शारीरिक रूपले अथवा भावनात्मक रूपले घरकै परिवारबाट बेवास्ता हुने अथवा आर्थिक रूपले शोषण गर्ने स्थिति तपाईंहामीले देख्न सक्छौँ । ज्येष्ठ नागरिकलाई गरिएको दुव्र्यवहारका खत र उदाहरण पत्ता लगाइसकेपछि जुन ज्येष्ठ नागरिकप्रति यस्तो व्यवहार गरिएको छ, उसको पक्षबाट तपाईंले सहयोग गर्दा कुनै विशेष व्यक्तिलाई मात्र सहयोग नगरी भविष्यमा हुने ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार रोक्नमा तपाईंको सहयोगको ठूलो महŒव हुनेछ ।
शारीरिक रूपले बढी कमजोर ज्येष्ठ नागरिकहरू कसैले हेप्यो भने सामना गर्न असमर्थ हुन्छन् वा कसैले आक्रमण गरेमा प्रतिकार गर्न सक्दैनन् । उमेर छँदाजस्तो स्पष्टसँग देख्ने, सोच्ने वा सुन्ने शक्ति उनीहरूमा हुँदैनन्, त्यसैले बदमासहरूले उनीहरूबाट फाइदा उठाउने सम्भावना बढी हुन्छ ।
वर्षौंदेखि तपाईंले बाटाघाटामा वा मेलामा भेटिरहेका ज्येष्ठ नागरिकलाई अकस्मात उनको घरबाहिर भेटेर तपाईं उनीसँग भलाकुसारी गर्न चाहनुहुन्छ, तर तपाईंलाई कसोकसो शिष्टतापूर्वक नमस्कार फर्काए पनि उनले तपाईंलाई नचिन्न सक्छन् । उनको पाखुरामा भएको घाउका बारेमा तपाईं सोध्नुहुन्छ तर उनी दुर्घटना भएको भन्दै टारेर आफ्नो घरतर्फ लाग्न सक्छन् । केही त पक्कै खराब भएको आभास तपाईंलाई हुन्छ, तपाईं घाउको बारेमा र उनको व्यवहारको बारेमा सोच्नुहुन्छ, पक्कै पनि बुढ्यौलीको प्रभाव होला भन्ने अड्कल गर्नुहुन्छ, तरसत्य त्यसभन्दा फरक अरूनै हुन सक्छ ।ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका रूपमा धम्की दिने, बेवास्तागर्ने र आर्थिक रूपले दुःख दिने प्रमुख हुन् ।
ज्येष्ठ नागरिकमाथि हुने मुख्य दुव्र्यवहार ६ भागमा बाँडिएको पाउँछौँ ।
१)शारीरिक दुर्व्यवहार
ज्येष्ठ नागरिकप्रति हुने शारीरिक दुर्व्यवहार भन्नाले दुर्घटना लगायत उनीहरूमाथि प्रयोग गरिने बलजफ्तीलाई बुझ्नुपर्छ, जसले उनीहरूलाई शारीरिक घाउचोट वा पीडा दिन्छ । यसभित्र कुटाइ खानेवा घचेटिने मात्र नभई लागू पदार्थको अनुचित प्रयोग, बाधा–व्यवधान र थुनेर राख्ने समेत पर्दछ ।
हेरचाहगर्नेले ज्येष्ठ नागरिकलाई धम्काउँदै गरेको, अपमानित गर्दै गरेको अथवा अधीनमा राखेको तपाईंले देख्नुभएमा त्यसलाई भावनात्मक दुव्र्यवहार भएको भनेर बुझ्नुपर्छ । त्यस्तै, ज्येष्ठ नागरिकबाट मनोभ्रंश (डिमेन्सिया) हल्लिने,चुस्ने वा आफैँमा फतफताउने व्यवहार देखिएमा पनि भावनात्मक दुव्र्यवहार भएको भनेर बुझ्नुपर्छ ।
स्तन वा यौनांगका वरिपरि कोरिएका घाउ देखिएमा,भिरिंगे रोग वा जार्डिया इन्फेक्सन देखिएमा,यौनांगबाट वा मलद्वारबाट रक्तश्राव देखिएमा,भित्री लुगा च्यातिएको, दाग बसेको वा रगतको टाटा परेको देखिएमा यौन दुव्र्यवहार हुन सक्छ ।
असाधारणरूपमा वजन घट्नु,कुपोषण, शरीरमा पानीको कमी हुनु,ओछ्यानमा हुने घाउहरूजस्ता उपचार नगरिएका शारीरिक समस्या देखिनु,धुलो,कीरा वा लुगा फाटा र ओड्ने ओछ्याउने फोहोर भएकाजस्ता अस्वस्थकर समस्याहरू देखिनु,मैलो धैलो वा ननुहाएको स्थितिमा हुनु ।मौसम सुहाउँदो लुगा वा ओड्ने नहुनु,असुुरक्षित बाँच्ने अवस्थाहरू, जस्तोः तातो वा सफा बग्ने पानी नहुनु,बिजुलीका तारहरू व्यवस्थित नहुनु,ज्येष्ठ नागरिकलाई एक्लै सार्वजनिकस्थलमा छाडिएको पाउनुआदि अवस्थामा स्याहारकर्ता वा आफैँबाट बेवास्ता भएको भनेर बुझ्नुपर्छ ।
ज्येष्ठ नागरिकको खाताबाट प्रशस्त पैसा निकाल्नु,ज्येष्ठ नागरिकको आर्थिक अवस्थामा आकस्मिक परिवर्तन हुनु,ज्येष्ठ नागरिकको घरबाट सामानहरू वा नगद हराउनु,इच्छापत्रहरू,सम्पत्ति,जायजेथाका कागजपत्रमा शंकास्पद परिवर्तन हुनु,ज्येष्ठ नागरिकको हस्ताक्षर कार्डमा नामहरू थपिनु,ज्येष्ठ नागरिकसँग तिर्ने प्रशस्त पैसा भए पनि स्वास्थ्यसम्बन्धी वा अरु किसिमका बिलहरू नतिरिनु,खातावाल ओछ्यानमै सीमित भएका बेला कार्डको प्रयोगबाट अरुलेनै पैसा निकाल्नु,अनावश्यक सेवाहरू, सामानहरू वा चन्दादानहरू हुनु, यस्तो अवस्था भएमा आर्थिक शोषणमा परेको हुन सक्छ ।
एउटै उपचार सेवाका लागि दुई–दुई बिलहरू प्राप्त हुनु,बढी औषधिको प्रयोग वा कम औषधिको प्रयोगको प्रमाण हुनु,बिलहरू पूर्णतया तिरिए पनि अपुग्दो सेवाको प्रमाण हुनु,हेरचाहगर्ने सुविधामा राम्रो तालिम नपाएका थोरै तलब पाउने वा थोरै कर्मचारी वा धेरै कर्मचारी हुनु,औषधि उपचारका विषयमा गरिएका प्रश्नको अनुपयुक्त जवाफ आउनु– यस्तो अवस्थामा ज्येष्ठ नागरिकमाथि स्वास्थ्य सेवासम्बन्धी भ्रष्टाचार र दुव्र्यवहार भएको हुन सक्छ ।
हाम्रो समाजमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यहारजस्ता घटनाहरू धेरै कम प्रकाशमा आउने हुन्छन् । कहाँ उजुरीगर्ने भन्ने जानकारीको अभाव, पारिवारिक इज्जतको डर, जसको विरुद्ध उजुरी गरिँदैछ, उसले थाहा पाएर बढी मारमा परिन्छ कि भन्ने त्रास लगायत कारण यसका स्रोत हुन् ।