नौ कुण्ड गाउँपालिकाको आयोजनामा श्रावण २१ गते देखि २३ गतेसम्म काठमाडौँमा विभिन्न पेसा,व्यवसाय गरेर बस्ने नागरिकहरूलाई सहज होस भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको नौ कुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घलेले बताउनु भएको छ।
काठमाण्डौँमा बसोबास गर्ने बृद्धबृद्धा,अपाङ्गता भएका, एकल महिलाको सामाजिक सुरक्षा भत्ताको नवीकरण सहित जन्म दर्ता,नाता प्रमाणित,राष्ट्रिय परिचय पत्र वितरण,नागरिकताको सिफारिस सम्बन्धी सेवा दिइएको गाउँपालिकाका उपाध्यक्ष चन्द्र ग्लानले बताउनुभयो ।हामीले गाउँपालिकाबाट दिने सेवा लिएर काठमाडौँ पुग्दा बृद्धबृद्धाको अनुहारमा खुसी झल्किएको थियो, यो सेवालाई आगामी दिनमा पनि निरन्तरता दिन्छौ।’
काठमाण्डौँबाट वडासम्म पुगेर सेवा लिन नसक्ने अवस्था तथा बर्खाको समयमा हुने सास्तीलाई मध्यनजर गरी नौ कुण्ड गाउँपालिकाले घुम्ती शिविर आयोजना गरिएको थियो ।
शिविरमा झन्डै ८ सय जना लाभग्राहीहरूले सेवा लिएको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घलेले विभिन्न कारणले काठमाण्डौँमा परिवारसँगै बस्नुभएका सेवाग्राहीलाई सहज हुने गरी सञ्चालित शिविर प्रभावकारी देखिएकाले आगामी दिनमा पनि यहाँ बसोबास गर्नेहरूको समय मिलाएर अन्य आवश्यक सेवा दिने बताउनुभयो ।गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष सहित वडा सचिबहरुले ३ दिनसम्म सेवा दिएको हो।