घरघरमा नि:शुल्क उपचार सेवा पाउँदा बृद्धबृद्धा हर्षित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 तलकोट गाउँपालिकाअन्तर्गत सुनिकोट स्वास्थ्य चौकीबाट परिचालित स्वास्थ्यकर्मीको टोलीले गाउँगाउँ पुगेर स्थानीयको स्वास्थ्य परीक्षण गरेको छ।

स्वास्थ्यकर्मीको टोलीले सुनिकोटका भाटगाउँ, चन्दनपुर, सेरागाउ, बेडाला, डाउगाउँ, खातिगाउँ, ऐरिगाउँ, गोठिचौर,बिकुल्ली, खरायलमा पुगेर स्थानीयको नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो।

उक्त कार्यक्रममा १ सय २ जना जेष्ठ नागरिकले सेवा लिएका थिए। यसरी घरघरमा उपचार सेवा पाउँदा त्यहाँका बृद्धबृद्धा हर्षित भएका छन्।

परीक्षणका क्रममा दम, हाइपरटेन्सन, बाथरोग र ग्यास्टिकका बिरामी फेला परेको स्वास्थ्य चौकीका अहेव नरेन्द्रबहादुर थापाले बताए। 

स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन यस्ताग सन्देशमूलक कार्यक्रम भइरहेको सुनिकोट स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष ऐडी बताउँछिन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।