सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।रेडियो नेपालको कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।