आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसअघि पाउँदै आएका जेष्ठ नागरिकहरूलाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई मात्रै सामाजिक सुरक्षा भत्ता दिने भएको हो।
यसअघि ६८ वर्ष पु्गेका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए। चालु आवमा भत्ता खाइरहेका जेष्ठ नागरिक ६९ वर्ष उमेर पुगे पनि उनीहरूले भत्ता पाउनेछन्।
आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले यसबारे जानकारी गराएका हुन्।