उच्च अदालत जनकपुर, राजविराज इजलासले करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सप्तरीको बोदे बरसाईन नगरपालिकालाई नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू देवबहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले उनीहरुलाई करार अवधिसमम पदबाट नहटाउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘करार अवधिसम्म करार अनुसारको कामकाज गर्नमा बाधा अवरोध नगर्नु, नगराउनु सार्थ निजलाई करारमा उल्लेखित शर्त बमोजिमको सेवा सुविधा समेत प्रदान गर्नू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’
बोदेबरसाईन नगरपालिकाले करार सम्झौताको समय सकिनुभन्दा अघि ब्याक हो लोडर सहायक पदमा कार्यरत कर्मचारी विवेक कुमार यादवलाई हटाएको थियो । त्यसपछि उनी अदालत गएका थिए ।
न्यायाधीश देवहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई अन्तरिम आदेश जारी गरिदिएको छ ।