उजुरी परेका स्थानका अधिवेशन स्थगित गर्न रास्वपाको निर्देशन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले बागमती र मधेशका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । बागमतीमासिन्धुपाल्चोक र मधेशमा सप्तरी, सिराहा, महोत्तरी र धनुषाका विभिन्न पालिकाको अधिवेशन रोक्न निर्देशन जारी गरिएको हो ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र विवाद भएका अन्य स्थानको अधिवेशन रोक्न भनिएको छ ।

मधेशमा सप्तरी र सिरहा जिल्ला अन्तर्गतका सम्पूर्ण विवादित स्थानीय तह तथा वडाको अधिवेशन स्थगित गरिको छ ।

महोत्तरीमा जलेश्वर, एकडारा, मतिहानी, मनरा शिस्वा, पिपरा लगायतका पालिका र विवादित स्थानमा अधिवेशन रोक्न भनिएको छ ।

धनुषामा जनकपुर उपमहानगरपालिका सहित जनकनन्दिनी, गणेशमान चारनाथको अधिवेशन रोक्न निर्देशन दिइएको छ । सर्लाहीमा हरिपूर्वा नगरपालिकाको अधिवेशन प्रक्रिया स्थगित गर्न भनिएको छ ।

निर्वाचन आयोगको प्रमुख भुवन केसीले ती स्थानहरूमा विवाद हुनुको साथै उजुरीहरू पनि परेको हुँदा तत्कालका लागि रोकिएको जानकारी गराए ।

विवाद समाधान गरी पुन: अधिवेशनको प्रक्रिया सुरु हुने उनले जानकारी गराए ।

१७ जेठसम्म प्रक्रिया सुरु गरेका बाहेक अन्य विवादित स्थानको सबै प्रक्रिया रोक्न निर्देशन दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगबाट अर्को आधिकारिक निर्देशन वा निर्णय नआएसम्मका वडा, पालिका तथा जिल्ला अधिवेशनका आगामी सम्पूर्ण निर्वाचन प्रक्रियाहरू स्थगन गर्न भनिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।