रास्वपाको सिन्धुपाल्चोक अधिवेशन किन रोकियो ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिन्धुपाल्चोक अधिवेशन हिजो सुरु भएर पनि स्थगित गरिएको छ । रास्वपाले सिन्धुपाल्चोकमा: हिजो अधिवेशन सुरु भएको र विविध कारणले स्थगित गरेको जानकारी गराएको छ । स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन ।

कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जानकारी गराएका छन् । तामाङका अनुसार सभापति पदका लागि पाँच जना आकांक्षी छन् । कार्यवाहक जिल्ला सभापति तामाङले  भने, ‘सहमति हुने प्रयास गर्दा हिजो समय धेरै लाग्यो । भोटिङ गरेर छान्न पर्ने भयो । मतपत छाप्न समय आवश्यक पर्‍यो ।’

तामाङका अनुसार अधिवेशनका लागि नयाँ मिति तोकिएको छैन । अधिवेशन गराउनका लागि पार्टीले खटाएका निर्वाचन समितिका सदस्य विरामी परेर हिजो काठमाडौं फर्केका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।