तोलामा १ हजार रुपैयाँ घट्यो सुन, चाँदी बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत आइतबार सुनको भाउ तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

सुनको भाउ घटे पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ प्रतितोला चाँदी महँगिएको हो । अघिल्लो दिन ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।