सुकुमवासी बस्तीबाट विस्थापित ४१ विद्यार्थीलाई जनविकासमा पढ्ने व्यवस्था


विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ । अहिले राधास्वामी सत्संगमा राखिएका ४१ विद्यार्थीलाई त्यहाँ पढाउने वातावरण मिलाइएको हो । काठमाडौंको बल्खुमा रहेको उक्त विद्यालयमा सुकुमवासी विद्यार्थीलाई पठनपाठनको वातावरण मिलाउन थालिएको काठमाडौं महानगरले जनाएको छ । होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार हालसम्म ४१ जना विद्यार्थीको नाम पठनपाठनको लागि संकलन गरिएको छ । विद्यार्थीको स्कुल ड्रेसको नापसमेत पनि लिन थालिएको छ । अहिलेसम्म ३५ जना विद्यार्थीको ड्रेसको नाप लिइसकिएको छ । पठनपाठनबाट विद्यार्थी बञ्चित नहुन् भनेर तत्कालको लागि यो व्यवस्था गरिएको महानगरले जनाएको छ । उक्त होल्डिङ सेन्टरमा १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ ।

अहिले राधास्वामी सत्संगमा राखिएका ४१ विद्यार्थीलाई त्यहाँ पढाउने वातावरण मिलाइएको हो ।

काठमाडौंको बल्खुमा रहेको उक्त विद्यालयमा सुकुमवासी विद्यार्थीलाई पठनपाठनको वातावरण मिलाउन थालिएको काठमाडौं महानगरले जनाएको छ ।

होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार हालसम्म ४१ जना विद्यार्थीको नाम पठनपाठनको लागि संकलन गरिएको छ ।

विद्यार्थीको स्कुल ड्रेसको नापसमेत पनि लिन थालिएको छ । अहिलेसम्म ३५ जना विद्यार्थीको ड्रेसको नाप लिइसकिएको छ ।

पठनपाठनबाट विद्यार्थी बञ्चित नहुन् भनेर तत्कालको लागि यो व्यवस्था गरिएको महानगरले जनाएको छ ।

उक्त होल्डिङ सेन्टरमा १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।