साउदीमा ७० नेपाली ४ महिनादेखि अलपत्र, भिसा ड्राइभरको, काम अर्कै


वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् ।

काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो ।

कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन रिसोर्स कम्पनीको प्रतिनिधिको रूपमा यहाँ अल शाहिद ओभरसिजले गरेको थियो ।

साउदीको मेहन ह्युमन रिसोर्सेस कम्पनीमा हेभी ड्राइभरको रूपमा गएका करिब ७० जना नेपाली अहिले काम नपाएर अलपत्र परेका हुन् । गत फेब्रअरीमा श्रम स्वीकृति लिएर साउदी पुगेका उनीहरूले अहिलेसम्म काम नपाएको बताएका छन् ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।