प्रधानमन्त्री सम्भवत: एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ : रास्वपा महामन्त्री


मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सम्भवत: एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रतिनिधिसभामा सम्भवत: एक हप्ताभित्रै आउने भएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सम्भवत: एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन् ।

पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’,  उनले भनेका छन्, ‘प्रधानमन्त्री ज्यू सदनमा आउनुहुन्छ । सम्मभवत एक हव्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।