काठमाडौं महानगरपालिकाले १०० वर्ष पुगेका वृद्धवृद्धाको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।महानगरपालिकाले १०० वर्ष पूरा भएका जेष्ठ नागरिकलाई ‘साथी महानगर’ कार्यक्रम सञ्चालन गर्ने भन्दै सबै वडामा विवरण संकलनको लागि पत्र काटेको छ । १०० वर्ष पूरा भएका जेष्ठ नागरिकहरु जीवित देवीदेवताको स्वरुप भएको भन्दै साथी महानगर कार्यक्रम सञ्चालन गर्न लागेको महानगरका सामाजिक विकास विभागका प्रमुख गोपाल पोखरेलले बताए ।‘असोजदेखि कार्यक्रम सुरु हुन्छ होला, जेष्ठ नागरिकलाई कसरी सम्मान गर्न सकिन्छ र महानगरको अभिभावक बन्न सक्छन् भन्ने विषयमा छलफल चलिरहेको छ ।महानगरको स्वर्णिम योजना अन्तर्गत साथी महानगगर सञ्चालन गर्न ५ दिनभित्र सबै वडालाई विवरण पठाउन मंगलबार महानगरले पत्र काटेको छ ।