काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् ।
प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार बिहान करिब साढे ९ बजे घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कमा नआएको परिवारको भनाइ छ ।
घरबाट निस्किंदा उनले निलो र सेतो बुट्टा भएको सर्ट, हरियो (मेहेन्दी) रङको हाफपाइन्ट र निलो ‘fila’ लेखेको चप्पल लगाएका थिए ।
यो समाचार अनलाइन खबरले प्रकाशन गरेको छ