कलंकीमा रहेको इन्टरनेशनल स्कुलमा शिक्षक र विद्यार्थीलाई ठक्कर दिएर विद्यालयकै गेटमा ठोक्कियो गाडी, एक छात्राको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इन्टरनेशनल स्कुलको पार्किङबाट बाहिरिँदै गरेको अन टेस्ट भ्यान अनियन्त्रित भएर विद्यालयको गेटमा ठोक्किएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय एसपी दीपक गिरीका अनुसार गेटमा ठोक्किनुअगाडि उक्त गाडीले त्यहाँ रहेका विद्यार्थीहरूलाई ठक्कर दिएको थियो।

ठक्करबाट सर्लाही घर भई हाल काठमाडौंको कलंकी बस्दै आएकी ९ वर्षीया छात्रा सोनाक्षी यादवको मृत्यु भएको उनले  बताए। उनी सोही विद्यालयमा कक्षा चारमा पढ्दै थिइन्।

ठक्करबाट गम्भीर घाइते भएकीस सोनाक्षीलाई उपचारका लागि कलंकीकै शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। दिउँसो १३:३६ बजे उनको मृत्यु भएको थियो।

उक्त गाडी कलंकी बस्ने ६० वर्षीय हर्कबहादुर खत्रीले चलाएका थिए। दुर्घटनाबाट उनी पनि घाइते भएका छन्। बल्खुको बयोधा अस्पतालमा उनको उपचार जारी रहेको   जानकारी दिए।

अनियन्त्रित भएको भ्यानले विद्यालयको प्राङ्गणमा ८ जना शिक्षक र विद्यार्थीलाई ठक्कर दिएपछि गेटमा ठोक्किएको थियो।

विद्यालयका प्रधानाध्यापक सामाखुशी बस्ने ४६ वर्षीय सुरज पोखरेल र विद्यार्थीहरू; निकिशा डंगोल, ट्रिनिक्षा घर्ति, सिम्रन खड्का, नौसिया थापा, रेश्मा मोक्तान घाइते छन्। उनीहरुको कलंकीकै विभिन्न अस्पतालमा उपचार भइरहेको जानकरी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।कलंकी

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।