खोटाङमा रूखले किचेर एक जनाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङमा काठ काट्ने क्रममा रूखले किचेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको ज्यान गएको हो ।रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा सुकेको रूख ढलेर किच्दा  मिलनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।खार्पामा रहेको भडाँरेमा एक हप्ता अघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।