कैलालीमा एक सुत्केरी मृत फेला ; १६ दिनको शिशु सकुशल


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । उनको १६ दिनको शिशु (छोरा) भने सामान्य अवस्थामै भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घर नजिकै तुलसी नाथ मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुलेको बताए ।

उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको बताउँदै घटनास्थल सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।