कालीमाटी तरकारी बजारमा तोडफोड गर्ने दुईजना कारागार चलान


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँको कालीमाटी स्थित तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड र आगजनी गर्ने दुईजना प्रतिवादीलाई कारागार चलान गरिएको छ । 

 

 

 

काठमाडौँ महानगरपालिका–१३ घर भएका ४१ वर्षीय विजय लामा र टंकेश्वर घर भएका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए । उनीहरूलाई सुनधारा स्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको छ ।

जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उनीहरुले तरकारी बजार भित्र रहेको प्रशासनिक भवनमा आगजनी र तोडफोड गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामा यसअघि पनि उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्ति हुन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।