विश्वस्तरमा नै विभिन्न ठाउँमा बैठक बसी ज्येष्ठ नागरिकको वृद्धिदरबाट चिन्तित भई ज्येष्ठ नागरिकप्रति संयुक्त राष्ट्रसंघले महासन्धि पारित नगरे पनि १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारि गर्दा मुलभूत रुपमा चारवटा सिद्धान्त अंगालेको देखिन्छ l जसलाई Fore Pillers of Human Rights भनिन्छ l
१. Liberty - स्वतन्त्रता
२. Equality - समानता
३. Non discrimination - भेदभाव रहित
४. Fraternity -भ्रातृत्व
यस सिद्धान्तका आधारमा मानब अधिकारका सबै विषयलाई संरक्षण र सम्बर्द्धन गर्न ICCPR र ICESCR दुईवटा प्रतिज्ञापत्र १९६६ मा संयुक्त्त राष्ट्रसंघले पारित गरि १९७२ देखि लागु गर्ने निर्णय गर्यो । यि दुवै प्रतिज्ञापत्रलाई नेपालले १४ मई १९९१ मा विनासर्त अनुमोदन गरेको छ । दुवै प्रतिज्ञापत्र पारित हुनुभन्दा ११ बर्ष अघि नै सन् १९५५ मा नागरिक अधिकार ऐन २०१२ जारी भएकोले त्यही बेलादेखि नेपालीले नागरिक अधिकार प्राप्त गरेका हुन । नेपालीले ११ बर्ष अघि नै नागरिक अधिकार पाए पनि अविभेदीय र निर्वाद्धरूपले अधिकार उपभोग गर्न पाएका छन् कि छैनन् भन्ने प्रश्न विचारणीय छ । यि दुवै प्रतिज्ञापत्र एकैसाथ लागु गर्नु पर्दछ । एउटा लाई लागु गर्ने र अर्कोलाई नगर्ने हुनसक्तैन । यी दुवै प्रतिज्ञापत्र Non Separable हुन ।
द्धिदरले गमिमानव अधिकारको विश्वव्यापी घोषणा पत्रको प्रस्तवनामा - "मानव परिवारको सबै सदस्यहरूको अर्न्तनिहित प्रतिष्ठा, सम्मान र अविच्छिन्न अधिकारहरूका मान्यता नै विश्वमा स्वतन्त्रता, न्याय र शान्तिको अधार भएकाले"
धारा १- सवै व्यक्तिहरू जन्मजात स्वतन्त्र छन् । ति सवैको समान, प्रतिष्ठा र अधिकार छ । उनीहरू विवेक, शक्ति र अन्तः कारणले र प्रत्येकले परस्परमा भातृत्व भावको भावना लिएर व्यहवार गर्नु पर्दछ ।
धारा-३ प्रत्येक व्यक्तिलाई व्यैक्तिक स्वतन्त्रता र आत्मस्रक्षाको अधिकार हुनेछ ।
धारा-५ कुनै व्यक्तिलाई पनि शारीरिक यातना दिइने छैन । क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय गरिने छैन ।
धारा-७ कानूनको दृष्टिमा सवै समान छन् र बिनाभेदभाव सवै कानूनको समान संरक्षणको अधिकारी हुने छन । यस घोषणालाई उलङ्घन गरी गरिएको भेदभाव वा त्यस्तो भेदभाव गर्न गरिएको दुरुत्साहन विरुद्ध सवैलाई समान संरक्षणको अधिकार हुनेछ ।
धारा २५(१) प्रत्येक व्यक्तिलाई उ र उसको परिवारको स्वास्थ्य र कल्याणका लागि प्रर्याप्त जीवन स्तरको अधिकार छ । यस अन्तर्गत खाना, कपडा, घर तथा औषधी उपचारका सुविधाहरू र आवश्यक सामाजिक सेवाहरू पनि सम्मिलित छन् । विरामी, असमर्थता, विधवा, बुढेसकाल वा निजको नियन्त्रण बाहिरको अरू कुनै परिस्थितिमा साधन अभावमा सुरक्षाको अधिकार हुने छ ।