झापाको बिर्तामोडमा बेवारिसे शव फेला


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापाको बिर्तामोडमा आज बिहान एक बेवारिसे शव फेला परेको छ ।

बिर्तामोड १ स्थित हिरो मोटरसाइकल शोरुमको अगाडि पेटीमा अन्दाजी ६५ वर्षको पुरुष नांगो अबस्थामा मृत फेला परेका हुन् ।

तत्काल नाम थर वतन खुल्न नसकेको ती व्यक्ति तराई मूलको जस्तो देखिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताउनु भयो ।

ती व्यक्तिलाई स्थानीयले मागेर हिडेको देखेका थिए । मृतकको पहिचान खुलाउने र अन्य कानुनी प्रक्रिया भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।