हत्याको घटनापछि फरार अभियुक्त २१ वर्षपछि पक्राउ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय परशुराम बिकको हत्या गरेर भागेका ६२ वर्षीया दुर्गाबहादुर तामाङलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । उनले २०६२ चैत २२ गते विकको हत्या गरेका थिए ।

 

हत्याको घटनापछि तामाङ विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । केही दिनदेखि गाँउघरमै आई लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए ।

२०६९ असार १७ मा पुनरावेदन अदालत धनकुटाको फैसलाबमोजिम २ वर्ष कैद सजाय ठहर भएको थियो । उनलाई पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरिएपछि अदालतबाट कैद भुक्तानको लागि आइतबार कारागार कार्यालय खाँदबारी संखुवासभा पठाभा पठाइएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।