हरियो धनियाँको मूल्य बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बजारमा हरियो धनियाँको मूल्य बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। 

मंगलबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य एक सय ७० देखि एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

एक महिनाअघिको तुलनामा यो प्रतिकिलो एक सय ५० रूपैयाँ बढी हो। 

एक महिनाअघि हरियो धनियाँ प्रतिकिलो थोक मूल्य २५ देखि ३५ रूपैयाँमा बिक्री भइरहेको थियो। 

समितिको तथ्यांक हेर्दा हरियो धनियाँको मूल्य बढ्न थालेको एक महिना भयो। पन्ध्र दिनअघि पनि हरियो धनियाँको ९० देखि एक सय रूपैयाँमा कारोबार भइरहेको थियो। 

माग अनुसार आपूर्ति नहुँदा हरियो धनियाँको मूल्य बढेको व्यवसायीहरू बताउँछन्। 

हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।