गोरुले हानेर ७१ बर्षीय जेष्ठ नागरिकको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुरमा गोरुले हानेका एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १७ जमेराका ७१  बर्षीय गहचा चौधरीको बुधबार बिहान मृत्यु भएको छ ।

मंगलबार बेलुकी चौधरीलाई आफ्नै घरमा पालेको गोरुले पानी दिने क्रममा हानेको थियो ।

दुबै हात, ढाड र पेटमा गम्भीर चोट पटक खेपेका चौधरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो।

सामान्य उपचार पछि चौधरीलाई घर परिवारले मंगलबार नै घर लगेका थिए । घाइते चौधरीको घरमै बुधबार बिहान सवा ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले जानकारी दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।