१२ जना बालबालिकामा कडा खालको कुपोषणको लक्षण देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरका कुल २ हजार ८०५ जना बालबालिकामा कुपोषण परिक्षणमा गरिएको थियो ।
जसमध्ये १२ जनामा कडा र ६१ जनामा बालबलिकामा मध्यम कुपोषण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिए । आरुघाट गाउँपालिकामा १९२ जना बालबालिकामा परीक्षण गरिएको थियो । जसमा ३ जनामा कडा र ४ जनामा मध्यम गरी ७ जना बालबालिकामा कुपोषण देखिएको छ । भिमसेन थापा गाउँपालिकामा १६० जना बालबालिकामा परीक्षण गर्दा १० जनामा कुपोषण देखिएको छ । जसमा ४ जनामा कडा र ६ जनामा बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ ।
७५८ जना बालबालिका परीक्षण गरारिएको गोरखा नगरपालिकामा ४/४ जना बालबालिकामा कडा र मध्यम प्रकारको कुपोषण देखिएको छ । पालुङटार नगरपालिकामा १ जनामा कडा र २४ जना बालबालिकामा मध्यम प्रकारको कुपोषण देखिएको कार्यालयले जनाएको छ ।

उक्त पालिकामा ४७२ कुपोषणको परीक्षण गरिएको थियो । बारपाक सुलिकोट गाउँपालिकामा २ जना, धार्चे गाउँपालिकामा ३ जना, सहिद लखन गाउँपालिकामा ८ जना, गण्डकी गाउँपालिकामा ७ जना बालबालिकामा मध्यम प्रकारको कुपोषण देखिएको उनले बताए । जिल्लाको चुमनुब्री गाउँपालिका, अजिरकोट गाउँपालिका, कुपोषित बालबालिकाको संख्या शुन्य छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १५ जनामा कडा, ६४ जनामा मध्यम, २०७९/८० मा ८ जनामा कडा र ५५ जनाा र आ.व. २०८०/८१ मा १३ जनामा कडा र ६२ जना बालबालिकामा मध्यम प्रकारको कुपोषण भेटिएको खड्काले बताए । ‘यो एकदमै डरलाग्दो अवस्था हो,’खड्काले भने, ‘जन्मिएको अवस्थामै कम तौलाको बच्चा जन्मिने, पोषणयुक्त खानाको अभाव, जङ्गफुडको प्रयोग, धुम्रपान, कम पानी खाने जस्ता गर्दा कुपोषणको दर बढेको हो ।’
जिल्लामा सबैभन्दा धेरै पालुङटार नगरपालिकामा २५ जना बालबालिकामा कुपोषण भेटिएको छ । ‘त्यहाँ धेरै कुमाल समुदाय बालबालिकामा कुपोषणको समस्या छ,’ अधिकृत खड्काले भने,‘आर्थिक अवस्था कमजोर, चेतनाको अभावको कारणले यस्तो समस्या देखा परेको हो ।’ कडा प्रकारको कुपोषण भएका बालबालिकाको उपचारका लागि प्रत्येक पालिकामा शिघ्र कुपोषण एकिकृत व्यवस्थापन केन्द्र ९ओटिसि० हुने उनले बताए । ‘उक्त केन्द्रमा बालबालिकाहरुलाई रेडी टू युज थेरापेटिक फुड ‘आरयूटीएफ’ दिइन्छ,’ उनले भने,‘यो २ हप्ताका लागि दिइन्छ, पुनः २ हप्ता पछि, पाखुराको नाप जाँच लिइन्छ ।’ यो ‘आरयूटीएफ’ प्रयोगपछि ६० देखि ९० प्रतिशत बालबालिकाको कुपोषण कम हुने उनले बताए । जिल्लामा ओटिसिको संख्या १८ वटा रहेको कार्यालयले जनाएको छ ।